काठमाडौं– अखिल क्रान्तिकारी विद्यार्थी संगठन (अनेरास्ववीयू)ले नेपाल ल क्याम्पसलाई छुट्टै कानूनी विश्वविद्यालय बनाउन माग गरेको छ।
दसैं–तिहारको पूर्व सन्ध्यामा नेपाल क्रान्तिकारी विद्यार्थी संगठन नेपाल ल क्याम्पसले आयोजना गरेको शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा उक्त माग गरिएको हो।
अनेरास्ववीयू क्रान्तिकारी नेपाल ल क्याम्पसका अध्यक्ष विष्णु ढुंगेलले भने, ‘नेपाल ल क्याम्पस नेपालको पहिलो विश्वविद्यालयको रुपमा रहेको त्रिविभन्दा पनि जेठो क्याम्पस हो।
पटना यूनिभर्सिटीबाट नै सम्बन्ध प्राप्त गरी त्रिविभन्दा पहिला नै स्थापना भएको हो। कानुनका विद्यार्थीहरु उत्पादन गर्ने यस क्याम्पसलाई छुट्टै कानूनी विश्वविद्यालय बनाउनुपर्छ। यसका लागि आन्दोलन गर्न पनि तयार छौं।’
त्यसैगरी केही अमुख स्वार्थमा जोडिएका व्यक्तिहरुले एलएलबी खारेज गर्न खोजेको र त्यसका लागि दुई वर्षसम्म एलएलबी पढाइ बन्द गरेको आरोप लगाउँदै क्रान्तिकारी विद्यार्थी संगठनलगायतका विद्यार्थी संगठनको विरोधका बाबजुद एलएलबी कोटा निर्धारण गरी पठनपाठन गर्न सफल भएको ढुंगेलले बताए।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष सुरज सेजुवालले विद्यार्थीका साझा सवालमा नेविसंघ सदैव साथमा रहेको बताए। उनले ०६५ सालदेखि स्ववियू निर्वाचन हुन नसकेको बताउँदै त्यसबारे विद्यार्थी संगठनहरु एक ठाउँमा उभिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।