काठमाडौं– वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रिय सभा सदस्य राम नारायण विडारीले नागरिकता विधेयकमा राष्ट्रलाई अहित हुने खालको कुनै पनि प्रावधान नरहेको दाबी गरेका छन्।
मंगलबार अखिल क्रान्तिकारी नेपाल ल क्याम्पसले दसैं तिहारको पूर्व सन्ध्यामा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता विडारीले यस्तो बताएका हुन्।
विडारीले भने, ‘यो नागरिकता विधेयकबारे तपाईंहरुलाई भ्रम परिराखेको छ। हाम्रो पार्टीले नागरिकता विधेयकलाई समर्थन गरेको छ। तर, एमालेले समर्थन गरेको देखिएनभन्दा उसको दोहोरो चरित्र देखा परेको छ। उसैले अध्यादेशमार्फत् ल्याएको विधेयकमा जुन व्यवस्था थियो। अहिलेको विधेयक ठ्याक्कै त्यही हो। यो विधेयकमा राष्ट्रलाई अहित हुने कुरा लेखेको छैन।’
विडारीले नागरिकता विधेयकबारे नेकपा एमालेले अनावश्यक बखेडा गरिरहेको आरोप लगाए। ¯विदेशी बुहारीले बिहे गरेको मितिले सात वर्षभन्दा पछाडी मात्रै नागरिकता दिनुपर्छ भन्ने कुरा लेख्नुपर्नेमा अहिलेको अहिल्यै, तुरुन्तै बिहे गरेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने भन्ने व्यहोरा लेखेको भन्ने अनावश्यक भ्रम गरेको छ। एमाले त्यसको विरोध गर्नुपर्छ भन्छ, यो फटाहा कुरा हो। झुट कुरा हो’, उनले भने।
उनले राष्ट्रपतिकहाँ गएको नागरिकता विधेयकमा एमालेले आरोप लगाएको कुरा नलेखेको दाबी गरे। उनले एमाले सत्तामा हुँदा एउटा र प्रतिपक्ष हुँदा अर्को कुरा गर्ने गरेको आरोप लगाए। विडारीले नागरिकता विधेयकबारे अनावश्यक हल्ला फैलाइएको टिप्पणी गरे।
‘यदि राष्ट्रघाती काम भए माओवादी केन्द्र लाग्दैन’, उनले भने। साथै उनले माओवादी केन्द्र राष्ट्र र राष्ट्रियताको पक्षधर भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।