काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन्।
सोमबार साँझसम्म निर्वाचन आयोगमा ४८ राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका हुन्।
समानुपातिक उम्मेदवारका लागि ६८ दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभामा समानुपातिक सिट संख्या ११० रहेको छ।
आयोगले आइतबार र सोमबारका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय दिएको छ।
आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।