काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)की श्रीमती नैनकला थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा परेकी छन्।
नेकपा विभाजनका क्रममा माओवादी परित्याग गरेर एमाले रोजेका थापा पत्नी नैनकला यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत बनेकी थिइन्।
यस्तै, एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष एवम् पार्टी केन्द्रीय कमिटी सदस्य सुनिता बराल पनि समानुपातिक सूचीमा परेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।