काठमाडौं– माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक रोजेका छन्। आफ्नै चाहनाअनुसार आफू समानुपातिकतिर गएको महराले जानकारी दिए।
नेपाललाइभसँग कुरा गर्दै उनले भने, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा, दाङ-१, दाङ- २ जताततै तान्न थालेपछि म देशैको नेता हुन्छु भनेर समानुपातिकमा बसें।’
आफू चारपटक प्रत्यक्ष चुनाव लडेको र एकपटक मनोनित भएको उनले बताए। उनले भने, ‘पाँचपटक लडिसकेँ। समानुपातिकमा बसेको छैन।’ आफू समानुपातिकको पहिलो नम्बरमै हुने उनले बताए।
महरा २०४८ मा रोल्पा- २, २०६४ मा दाङ-३, २०७० मा रोल्पा-१ र २०७४ मा दाङ-२ बाट प्रतिस्पर्धा गरेका थिए। सबै निर्वाचनमा उनी विजयी भएका थिए।
उनी २०६३ माघमा गठन भएको अन्तरिम व्यवस्थापिकाको पनि सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।