काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभा, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा समानुपातिक तर्फ सबै सिटमा उम्मेदवारको बन्दसूची बुझाएको छ। निर्वाचन आयोगमा बन्दसूची बुझाउन पुगेका नेता केशव झाका अनुसार प्रतिनिधि सभाको ११० वटै र बाँकी २ प्रदेशमा पनि सबै सिटमा उम्मेदवारी दिइएको बताए।
त्यस्तै, ५ वटा प्रदेशमा भने केही मात्रै उम्मेदवारहरूको नाम बन्दसूचीमा राखिएको नेता झाले बताए।
‘प्रतिनिधि सभाको ११० वटै सिटमा उम्मेदवारी दिएका छौं। प्रदेश १ मा केही कम छ। मधेस प्रदेशमा सबै छ। बागमतीमा १५/२० जनाको, गण्डकीमा ५/७ जना, लुम्बिनीमा पुरै र कर्णाली र सुदुर पश्चिममा ५/७ जना रहेका छन्,’ झाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।