काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र क्रान्ति दुवैको नेतृत्व गर्ने अवसर कमै मात्रलाई हुने र आफू त्यसको नेतृत्व गर्ने सौभाग्शाली व्यक्ति रहेको बताएका छन्।
थुलुङ दुधकोशी गाउँपालिकाको सामुदायिक अस्पताल, गाउँपालिका प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन उद्घाटन गर्न सोलुखुम्बु पुगेका अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्ने, त्यसलाई लागू गर्ने, सिंहदरबारलाई गाउँगाउँमा पुर्याउने र विकास निर्माणलाई गति दिने सन्दर्भमा तपाइँ जनताले मलाई नेतृत्व गर्ने अवसर दिनु भयो। म आफैंलाई निकै गौरवशाली ठान्छु,’ प्रचण्डले भने,‘नेपालको इतिहासमा एउटै मान्छेलाई क्रान्तिको नेतृत्व गर्ने र शान्तिको नेतृत्व गर्ने, संविधान निर्माणको नेतृत्व गर्ने, संविधानको नेतृत्व गर्ने अवसर दिनु भयो। क्रान्ति र शान्तिको नेतृत्व गर्ने त्यस्तो सौभाग्य कमै व्यक्तिलाई प्राप्त हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।