• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्रले अब के गर्लान्? यस्ता छन् विकल्प

64x64
नेपाल लाइभ सोमबार, असोज ३, २०७९  १३:५८
1140x725

काठमाडौं– प्रतिनिधि सभाको कार्यकाल समाप्त भएपछि सर्वोच्च अदालत फर्कन खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रयास सफल भएन। राणालाई आइतबार बिहानै बालुवाटारको निवासबाट प्रहरीले निस्कन नदिएपछि सर्वोच्च पुग्ने उनको सपना पूरा भएन। 

महाभियोग सिफारिस समितिले आफ्नो प्रतिवेदन सभामुख अग्नि प्रसाद सापकोटालाई बुुझाएर अर्को संसद्मा पठाउने सिफारिस गरेपनि राणाले सर्वोच्च फर्कने तयारी गरेका थिए। शनिबार दिनभर समितिमा पुरक प्रश्नमा जवाफ दिएर निवासमा फर्केका कारणले आफू सर्वोच्च आउने सूचना प्रशासनलाई गराएका थिए। राणाले संसदीय समितिमै पटक–पटक महाभियोग निष्क्रिय भइकसेको तर, पनि संसद्को मानका लागि बयान दिन आएको बताएका थिए। 

शनिबारदेखि २०७४ सालको निर्वाचनपछि गठित प्रतिनिधि सभा पनि समाप्त भयो। संसद्को अधिवेशन अन्त्य भएसँगै प्रतिनिधि सभा अब मंसिर ४ गतेको निर्वाचनपछि मात्र आउने छ। महाभियोग सिफारिस समितिमा एमाले र लोसपा राणाको पक्षमा उभिएका थिए भने सत्तापक्ष महाभियोग लगाउनुपर्ने पक्षमा उभिएको थियो। संसदीय समितिले बहुमतका आधारमा प्रतिवेदन तयार गरेर सभामुखलाई बुझाएको थियो।

निलम्बन फुकुवाको पत्र लिएर जान्छन् त राणा? 
फागुन १ गते राणाविरुद्ध सत्तापक्षका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। सोही दिन संघीय संसद्का महासचिव भरतप्रसाद गौतमले राणाविरुद्ध महाभियोग दायर भएकाले निलम्बन हुने पत्र पठाएका थिए। सोही दिनदेखि उनी निलम्बनका परे।

लगत्तै उनी सरकारी निवास बालुवाटारमा बसेर महाभियोगमाथिको छानबिन पर्खि रहेका थिए। महाभियोग सिफारिस समितिले अन्तिम प्रतिवेदनमा दोषी ठहर गरेपनि संसद्को कार्यकाल सकिएकाले आफू स्वतः फर्कन मिल्ने दाबीसहित राणा सर्वोच्च फर्कने तयारी गरेका थिए।  राणाले यसरी सर्वोच्च फर्कने तयारी गरिरहँदा संसद् सचिवालयबाट पत्र भने लिएर गएका थिएनन्। अब उनले निलम्बन फुकुवाको पत्र लेलान् त? प्रश्न उब्जिएको छ।

कामु प्रधानन्यायाधीशको निर्देशन– निलम्बन फिर्ताको ल्याए मात्र प्रवेश दिनू
राणा सर्वोच्च प्रवेश गर्ने खवर सार्वजनिक भएपछि नेपाल बार एशोसिएसनको आइतबार आकस्मिक बैठक बसेको थियो। बैठकले राणा सर्वोच्च प्रवेश गर्न नसक्ने ठहर गर्दै उनलाई रोक्न आन्दोलन नै आवश्यक भएपनि गर्नुपर्ने तर, अहिलेलाई शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गर्‍यो।

उक्त निर्णय अनुसार गेटमा धर्ना पनि दिएको थियो। तर, सुरक्षाकर्मीहरुले बालुवाटारको निवासवास निस्कन नदिएपछि राणा सर्वोच्च आउन सकेनन्। राणाले आफू सर्वोच्च आउने तयारीमा रहेको तर, सुरक्षाकर्मीले घेरेर निस्कनै नदिएका कारण आउन नसकेको बताए।  राणाले यसो भनिरहँदा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रशासनलाई निलम्बन फुकुवाको पत्र लिएर आए प्रवेश दिनू नत्र नदिनू भनी निर्देशन गरेका छन्। 

उनले प्रधानन्यायाधीश निलम्बन भएका कारण आफू स्वतः कामु भएको र चोलेन्द्रले निलम्बन फुकुवा भएको पत्र संसद्बाट लिएर आए आफू गेटमा फूलमाला लिएर स्वागत गर्ने बताए। उनले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न अवरोध गर्ने वा रोकतोक गर्ने कुनै मनसाय नराख्नू भनि आफूले प्रशासनलाई निर्देशन दिएको तर, त्यसका लागि निलम्बन फुकुवा भएको पत्र लिएर आउनुपर्ने कार्कीको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

के भन्छ संसद् सचिवलाय?
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बारेमा अरु के हुने भन्नेमा संसद् सचिवालय नै अन्योलमा देखिन्छ। आइतबार संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले प्रधानन्यायाधीश राणाबिरुद्ध दर्ता भएको महाभियोग प्रक्रिया अब कसरी अघि बढ्ने भन्ने बारेमा संसद् सचिवालयलाई छुट्टै अधिकार नदिएका कारण संविधानमा जे छ त्यही अनुसार हुने बताए।

उनले महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउनु पर्ने रायसहितको बहुमतको प्रतिवेदन बुझाएको तर, संसद् अधिवेशन अन्त्य भएकाले अबको प्रक्रिया के गर्ने भन्ने स्पष्ट नरहेको बताए। 

‘ऐन, कानुनले यसै गर्ने भन्ने कुरा स्पष्ट रुपमा बोलेको अवस्था छैन। महाभियोग सिफारिस समितिले आफ्नो निर्धारित समयभित्र नै सभामुखलाई महाअभियोग कारबाहीको सिफारिस अघि बढाएर कारबाही गर्नुपर्छ भन्ने ठहरसहित प्रतिवेदन बहुमतको निर्णयले बुझाएको छ’, उनले भने ‘त्यहाँभन्दा अघि के हुन्छ भन्ने कुराको सन्दर्भमा कानुनी परामर्श लिएर अघि बढ्नुपर्ने अवस्थाहरु हुनसक्छ। आगामी संसद्ले पनि यसबारेमा केही सोच बनाउला। अहिले यसै हुन्छ भन्न सक्ने अवस्था छैन।’ 

प्रवक्ता पाण्डेले संसद् सचिवालयसँग प्रधानन्यायाधीश राणाको प्रकृतिको जस्तो महाभियोगको अभ्यास नरहेको बताए। उनले विगतमा भएका महाभियोग सम्बन्धी प्रक्रियाहरु फरक किसिमका रहेको भन्दै संसद् कार्यकाल सकिनुअघि नै कुनै फिर्ता लिएको अवस्था र कुनै अदालतले निस्तेज पारेको अवस्था भएकाले अब के हुने भन्ने बारेमा आफूले ठोस भन्न नसक्ने बताए। 

बार र कानुन व्यवसायीको दाबी : महाभियोग टुङ्गोमा पुगेको छैन, त्यसैले फर्कन मिल्दैन 
नेपाल बार एशोसिएसन र कानुन व्यवसायीहरुले भने महाभियोग सिफारिस समितिले आफ्नो प्रतिवेदन दिएको तर यसमा कुनै निर्णय नभएकाले राणा निलम्बित अवस्थामै रहने दाबी गरेका छन्।  नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश राणा  सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको टिप्पणी गरे। निलम्बित प्रधानन्यायाधीश राणा सर्वोच्च अदालतमा आउन नमिल्ने अवस्थामा बलमिच्याचाइँ गरेको उनले दाबी गरे। 

‘संसद्को कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको हो। प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने छ’, उनले भने, ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन। सांसदहरुको कार्यकाल सकिएको हो। संसद् सकिएको होइन। संसद् सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो। संसद् अविछिन्न उत्तराधिकारवाला संस्था हो।’

राणाको बाटो : रिट लिएर सर्वोच्च जाने 
सर्वोच्च प्रवेश नपाएपछि अब राणासँग रहेको विकल्प रिट लिएर सर्वोच्च जाने देखिन्छ। प्रतिनिधि सभाको कार्यकाल नै समाप्त भएकाले आफूविरुद्ध दायर भएको महाभियोग निष्क्रिय भएकाले सर्वोच्च फर्केर काम गर्न पाउनुपर्ने मागसहित उनी रिट लिएर जान सक्छन्। 

रिटमा प्रतिनिधि सभामा पुगेको महाभियोग निष्क्रिय भएकाले काममा फर्कन दिनू भनेर अन्तरिम आदेश माग गर्नुपर्ने देखिन्छ। यदि उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेका राणा सर्वोच्च फर्कन पाउनेछन्। 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग पनि सर्वोच्चले नै निष्क्रिय पारेको थियो। राणा स्वयमले कार्कीविरुद्ध दायर भएको महाभियोग कार्यान्वयन नगर्नू भनि अन्तरिम आदेश जारी गरेका थिए। राणाको अन्तरिम आदेशपछि कार्की सर्वोच्च फर्केकी थिइन्। 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ?
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्