काठमाडौं– संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानको प्रतिफल सत्ता र सत्ता संरक्षित गुटबाहेकले अनुभूति गर्न नपाएको बताएका छन्।
सोमबार सातौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानविद् आचार्यले आम नागरिकहरुले संविधानको अनुभूति गर्न नपाएको बताएका हुन्।
आचार्यले ट्विटमार्फत् भनेका छन्, ‘संविधानमा लेखिने चिजहरू सजावटका लागि नभै कार्यान्वयनका लागि हुन्छन्। संविधानमा लेखिएको एउटा शब्दको पनि ठूलो महत्व हुन्छ। दिन चाहे संविधानमा धेरै थोक छन्। यो अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक धेरैले संविधानको प्रतिफल पाएनन्। अब यस्तो नहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।