काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग पास हुन नसकेको भनेर संसद् सचिवालयले पत्र लेख्नुपर्ने बताएका छन्।
आइतबार बसेको पार्टी सचिवालयको बैठकपछि संचारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले महाभियोगको विषयमा संसद्ले अदालतलाई पत्र पठाउनुपर्ने बताए।
‘संसद् सचिवालयले के लेख्नुपर्छ भने संसदको कार्यकाल भरिमा यो पास हुन सकेन भनेर लेख्नु पर्छ,’ ओलीले भने,‘३ महिना भित्रमा पूरा गर्नु पर्नेमा ७ महिनासम्म अघि बढाएन।’
एमालेले सत्ता पक्षको यस्तो कदमको कडा विरोध गर्ने ओलीको भनाइ छ। ‘सत्ता पक्षको यस्तै गैरजिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्छ,’ ओलीले भने, ‘एमाले लोकतान्त्रिक मूल्य मान्यताअनुसार शासन चल्नु पर्छ भन्ने माग गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।