काठमाडौं– समानुपातिक उम्मेदवारको सूची तय गर्न आइतबार मध्याह्नदेखि बसिरहेको नेपाली कांग्रेसका नेताहरुको बैठक साँझसम्म पनि जारी छ।
आइतबार मध्याह्न १२ बजे सुरु भएको बैठक साँझ ८ बजेसम्म पनि जारी रहेको एक नेताले जानकारी दिए।
बैठकमा पार्टीका पदाधिकारी, सातै प्रदेश समितिका सभापति तथा नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइराला लगायत सहभागी छन्।
बैठकमा समानुपातिक उम्मेदवारको विषयमा छलफल भइरहेको जनाइएको छ। तर, सूचीका सन्दर्भमा सहमति जुट्न सकेको छैन।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आइतबार र सोमबार (असोज २ र ३ गते) को समय निर्धारण गरेको छ। आइतबार केही साना दलहरुले बन्दसूची पेस गरेपनि ठूला दलहरुले भने पेस गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।