काठमाडौं– गत हप्ता निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खण्डका लण्डन पुगेका छन्। लण्डन पुगेका खड्काले त्यहाँस्थित वेस्टमिनिस्टर हल पुगेर नेपाल सरकार र नेपाली जनताका तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्।
परराष्ट्र मन्त्रालयले सामाजिक संजालमा एक सन्देश जारी गर्दै उक्त कुरा उल्लेख गरेको हो।
उक्त अवसरमा मन्त्री खड्कासहित लण्डनस्थित नेपाली राजदूत लगायत दूतावासका वरिष्ठ अधिकारीको उपस्थिति रहेको परराष्ट्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।