फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले महाभियोगको प्रकृयामा विलम्ब गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सफाइ दिएको टिप्पणी गरेका छन्।
एमाले सचिवालयको बैठक पछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘महाभियोगको सवालमा सत्तापक्षले गणितीय खेल र षडयन्त्र गरिराख्यो। दु:खको कुरा हो। हिजो संसद्को अधिवेशन सकियो। अधिवेशन मात्र सकिएन यो संसद्को कार्यकाल नै सकियो। यसो भइसके महाभियोग पारित भएन भने त्यो कुरा सकियो।
सत्तापक्ष आफैंले खनेको खाल्डोमा आफैं परेर चोलेन्द्रलाई सफाइ दिएको ओलीको टिप्पणी छ।
‘सत्तापक्षले उहाँलाई सफाइ दियो। विलम्ब गरेर सफाइ दियो। प्रकृया अगाडि नबढाएर सफाइ दियो। आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो’, ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।