काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र विश्व बैंकका दक्षिण एसिया हेर्ने क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच शिष्टाचार भेट भएको छ। अध्यक्ष ओली निवास बालकोटमा आइतबार उनीहरुबीच भेटघाट भएको हो।
चार दिने नेपाल भ्रमणमा आएको रेजरको टोलीले अध्यक्ष ओलीसँग भेटघाट गरी नेपालसँग दीर्घकालीन साझेदारी विकासका लागि विश्व बैंकले बनाएका परियोजनामा काम गर्न इच्छुक रहेको बताएको थियो।
करिब एक घण्टा भएको भेटघाटमा अध्यक्ष ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र वित्तीय क्षेत्रमा देखिएका चुनौतीलाई पन्छाएर नेपालले विकास गर्ने वातावरण निर्माणमा एमाले निरन्तर लाग्ने बताएका थिए।
छलफलका क्रममा अध्यक्ष ओलीले आगामी मंसिर ४ मा हुने निर्वाचनबाट एमाले बहुमतसहितको सरकार गठन गर्ने अवस्थामा पुग्ने भन्दै ती सबै चुनौतीलाई पन्छाएर अघि बढ्नेमा विश्वस्थ रहेको अनुरोध गरे।
भेटमा अध्यक्ष ओलीले नयाँ व्यवस्थित सहर निर्माणमा ध्यान दिने पनि बताएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डाक्टर अञ्जान शाक्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।