काठमाडौं– राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन्।
आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन्।
उनले संसद् जीवित रहेको पनि बताएका छन्। संसद भंग नभएको र अधिवेशन मात्रै उनले दाबी गरे। आवश्यक परेमा संसद्को अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाए। महाभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।