काठमाडौं- नेकपा माओवादी केन्द्रले समानुपातिक सूची टुंगो लगाउन कार्यदल गठन गरेको छ। आइतबार बिहान पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकले कार्यदल गठन गरेको हो।
कार्यदलमा महासचिव देवप्रसाद गुरुङ र उपाध्यक्षद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल रहेको एक नेताले बताए।
कार्यदलले तयार पारेको सूचीलाई सोमबार फेरि बस्ने पदाधिकारी बैठकले अन्तिम टुंगो लगाउने पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।