काठमाडौं– महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च फर्किन लागेको हल्ला चलेपछि सर्वोच्च अदालत परिसरमा सुरक्षाा व्यवस्था कडा पारिएको छ।
सरकारले उनलाई कुनै हालतमा सर्वोच्च छिर्न नदिने मनसायका साथ सुरक्षाकर्मीलाई तैनाथ गरेको छ।
महाभियोग सिफारिस समितिले शनिबार बेलुका सभामुख अग्निसापकोटालाई महाभियोग लगाउनुपर्ने आधारसहित प्रतिवेदन बुझाएको थियो। तर छानबिन नसकिँदै संसद्को आयू सकिएकाले महाभियोग स्वत: निष्क्रिय भएर जाने भन्दै चोलेन्द्र फर्किने चर्चा चलेको छ। उक्त चर्चापछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
यस्तै सत्तारुढ गठबन्धनका अधिवक्ताहरुले पनि कुनै हालतमा चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।