काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा समानुपातिक उम्मेदवारको बन्दसूची तय गर्न बैठक बस्न लागेको बताइएको छ।
शनिबार पनि बैठक बसेको थियो। कांग्रेसले समानुपातिक उम्मेदवारकी सूची टुंग्याउन ८ सहमहामन्त्रीहरुलाई जिम्मेवारी दिएको छ।
यस्तै नेकपा एमालेले पनि आजै ११ बजे सचिवालय बैठक बोलाएको छ। एमालेले पनि आजै समानुपातिक उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।