काठमाडौं– सरकारले आगामी मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय सुरु भएको छ।
निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय आज र भोलिका लागि तोकेको छ। आयोगको निर्णयअनुसार आजै समानुपातिक उम्मेदवार टुंग्याउने ठूला दलको तयारी छ।
नेकपा एमालेले पनि आजै ११ बजे समानुपातिक उम्मेदवारको नामावली तयार पार्न सचिवालय बैठक बोलाएको छ।
यता प्रमुख सत्तारुढ दल कांग्रेसले त समानुपातिक सूची तयार पार्न ८ जना सहमहामन्त्रीहरुको कार्यदल बनाएको छ। दलहरुले आइतबार र सोमबार प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना सदस्यका लागि बन्दसूची दलहरुले पेस गर्नेछन्।
निर्वाचन आयोगका अनुसार बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ । यस्तै बन्दसूचीमा ५० प्रतिशत महिलाहरुलाई सिफारिस गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।