काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ।
आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्ने बताइएको छ।
शनिबार साँझ पनि समानुपातिक उम्मेदवारको सूची तयार पार्न सचिवालय बैठक बसेको थियो।
तर अबेर गरी बसेको बैठकले सूची तयार पार्न सकेन। आजको बैठकमा सूची तयार पारिनेछ। आजकफ बैठक बिहान ११ बजे बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।