काठमाडौं– धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई बहिस्कार गर्ने घोषणा गरेको छ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरु खारेज गरेकामा देउवा सरकारलाई धन्यवाद दिँदै तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।
तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै संयोजक बास्तोलाले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको लागिभन्दा पनि निजी स्वार्थका लागि राष्ट्रघात गर्ने माध्यम भएकाले त्यसलाई बहिस्कार गर्नुको विकल्प नरहेको बताए।
आफूहरुले निरपेक्षितरुपमा चुनाव अवज्ञा वा बहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडि बढेको जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।