काठमाडौं– प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ।
समितिको शनिबार बसेको बैठकले बहुमतका आधारमा प्रतिवेदन पारित गरेको थियो। प्रतिवेदन पारित गरेपछि शनिबार राति नै सभामुख सापकोटालाई प्रतिवेदन बुझाइएको हो।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यतिबेलै महाभियोग सिफारिस समिति गठन भएको भए पनि अन्य प्रक्रिया अगाडि बढेको थिएन।
गत साउन २२ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम राणाविरुद्ध महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।
सोही दिन उक्त महाभियोगको प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।