काठमाडौं– प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने निष्कर्षसहित प्रतिवेदन पारित गरेको छ। तर, उक्त प्रतिवेदनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरुले फरक मत राखेका छन्।
एमाले र लोसपाका ५ जना सांसदहरुले राखेको फरक मतमा महाभियोगको प्रक्रिया देखिकै विषयमा प्रश्न उठाइएको छ। महाभियोग प्रस्तावलाई लामो समयसम्म प्रक्रियामा नलगिएको, सभामुख तथा सत्ता गठबन्धनबा समय पालना नभएको लगायतका प्रश्न दुई दलका सांसदले उठाएका छन्।
यस्तै, महाभियोग प्रस्तावमा लगाइएका आरोपका सन्दर्भमा प्रमाण बुझ्ने क्रम नसकिएको, समिति आफैंले माग गरेका विषयमा समेत मूल्याङ्कन नभएको पनि फरक मतमा उल्लेख छ।
महाभियोग प्रस्तावकहरुलाई अभियोग लगाइनुका कारणबारे सोधुपुछ समेत नभएको अवस्थामा निष्कर्ष सहितको प्रतिवेदन पेस गर्न नमिल्ने पनि दुई दलका सांसदहरुले पेस गरेको फरक मतमा उल्लेख छ।
फरक मतको पूर्णपाठ:
1663433588.jpg)
1663433588.jpg)
1663433588.jpg)
1663433588.jpg)
1663433587.jpg)
1663433587.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।