काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको बालकोटमा सचिवालय बैठक सुरु भएको हो।
बैठकमा प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नामावलीबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्न निर्वाचन आयोगले असोज २ र ३ गतेको समय निर्धारण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।