काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मेधसी, दलित, अल्पसंख्यक तथा उत्पीडित समुदायलाई वर्तमान संसदले न्याय दिन नसकेको बताएका छन्। शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकमा सम्बोधन गर्दै यादवले उक्त धाराणा राखेका हुन्।
यो संसद्ले संविधान संशोधन गरेर उत्पीडनमा परेका जनतालाई न्याय दिने अपेक्षा राखिए पनि त्यो पूरा हुन नसकेको यादवको भनाइ छ।
‘मधेशमा कालो दिवस मानाउँदै गर्दा यो संविधान घोषणा भएको थियो। हामीलाई आशा लागेको थियो अब नयाँ बन्ने संसद्ले संविधान संशोधन गरेर देश भित्रका विभिन्न उत्पीडिनमा परेका जनताले संवैधानिक, कानुनी र समामाजिक रुपले न्याय पाउने छ,’ यादवले भने,‘तर विगत ५ वर्षमा त्यो प्राप्त गर्न सकेनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।