• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधिसभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ: सभामुख

64x64
नेपाल लाइभ शनिबार, असोज १, २०७९  १७:३३
1140x725

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले २–२ पटक विघटनपछि पनि संसद् पुनर्स्थापना हुनु आगामी दिनको लागि मार्गदर्शन हुने बताएका छन्। 

शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकमा बिदाई सम्बोधन गर्दै सभामुख सापकोटाले एउटै कार्यकालमा २–२ पटकसम्म संसद्‌को विघटन र पुनर्स्थापना सम्भवत: विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना भएको बताए। 

‘यो प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्नेछ। एउटै कार्यकालमा २–२ पटकसम्म संसद्‌को विघटन र पुनर्स्थापना सम्भवत: विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना हो। पूर्ण कार्यकाल चलेको यस प्रतिनिधि सभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ,’ सभामुख सापकोटाले भने। 

यस्तो छ सभामुखको सम्बोधनको पूर्णपाठ:

माननीय सदस्यहरु
विभिन्न आरोह अवरोह, उल्लेखनीय मोडहरु पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौं अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न हुँदै छ ।

यस अवधिमा संघीय संसद, प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउने अठोटका साथ गरिएका पहल र प्रयत्नहरुमा माननीय सदस्यहरुबाट प्राप्त विश्वास र सहयोगका लागि विशेष आभार व्यक्त गर्दछु । संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने माननीय सदस्यहरु, सञ्चार जगत्, नागरिक समाजलगायत आम नागरिकहरुप्रति धन्यवाद दिन चाहन्छु ।

यो प्रतिनिधिसभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्नेछ । एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवत: विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना हो । पूर्ण कार्यकाल चलेको यस प्रतिनिधिसभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ ।

माननीय सदस्यहरु
प्रतिनिधिसभाको यस कार्यकालमा हामीले राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य गरेका छौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा संघीय संसद, प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने छ ।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले यही कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न संकटका बेलामा समेत तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै बैठक सञ्चालन गरी जनताका सवालहरुमा छलफल गर्यौं ।

संघीय संसदको नेतृत्व, संसदीय मैत्री समूहहरुबाट अन्तर व्यवस्थापिका संघ, असंलग्न आन्दोलन संसदीय अभियान लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको संसदका तर्फबाट भएको सहभागिता र सम्बोधनले संघीय संसदलाई विश्वभर परिचित गराउनुका साथै नेपालले उठाएका मुद्दा स्थापित हुन पुगेका छन् भन्ने विश्वास लिएको छु । यस अवधिमा विभिन्न देशबाट नेपाल आएको संसदीय प्रतिनिधिमण्डलसँगको भेटवार्ता र अन्तरक्रियाले एक अर्काको असल संसदीय अभ्यासका विषय आदानप्रदानमा सहयोग पुगेको छ ।

प्रतिनिधि सभाका सभामुखको निमन्त्रणालाई स्वीकार गरी छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले गर्नु भएको नेपाल भ्रमण, संघीय संसद भवनमा भएको शिष्टाचार भेट, दुई पक्षीय वार्ता, त्यस क्रममा संघीय संसद, प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तरसंसदीय सहकार्यका लागि भएको समझदारी कोसेढुंगा बनेको छ ।

यस कार्यकालमा मिनि संसदका रुपमा रहेका समितिहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहन पुगेका छन् । सभामुखको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थिति, सक्रिय सहभागिता र परामर्शका लागि माननीय सदस्यहरुले खेल्नु भएको भूमिकाप्रति आभार व्यक्त गर्दछु ।

संघीय संसद र सातवटै प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदान एवं अन्तरक्रिया र ती कार्यक्रमबाट आएका निष्कर्षले संसदलाई थप जीवन्त र जनमुखी बनाउन सहयोग पुगेको छ । म सबै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

माननीय सदस्यहरु
यो प्रतिनिधिसभा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक विघटन भयो र दुबै पटक जनताको पहलकदमी र सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनर्स्थापित भयो ।

संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधि सभाको यो अवधिमा स्थापित हुनु आगामी दिनका लागि मार्गदर्शन सावित हुने नै छ ।

संसदको सफलतामा दलहरुबीच उच्च समझदारी र सहकार्य आवश्यक छ । ११ औं अधिवशेनमा उल्लेखनीय कार्य भएको तथ्यले पनि दलहरुबीच उच्च समझदारी बन्दा संसदले गति लिने यथार्थ पुनर्पुष्टि भएको छ । यही समझदारीले सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ ।

जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने यो सर्वोच्च थलोको महत्व र गरिमा बढाउन सभामा प्रतिनिधित्व गर्ने दल एवं माननीय सदस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्ने यथार्थ हामीले पक्कै महसुस गरेका छौं । यस अवधिमा जनताले सुम्पेका गहन जिम्मेवारी वहन गर्न हामी कति सक्षम भयौं, इतिहासले पक्कै समीक्षा गर्नेछ ।

माननीय सदस्यहरु
प्रतिनिधि सभाको यस कार्यकाललाई सफल बनाउन सहयोग गर्नु हुने माननीय सदस्यहरु, दलका नेताहरु, कानूनविद्, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, संसद सचिवालयका कर्मचारीलगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छु ।

म सम्पूर्ण माननीय सदस्यहरुको सुस्वास्थ्यका साथै आगामी दिनहरु सक्रिय र उपलब्धीपूर्ण रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।

अन्त्यमा, आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन हामी सबैको योगदान रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । धन्यवाद !

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ?
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्