काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सिद्धबाबा भनिने कृष्णप्रसाद गिरिलाई सफाइ दिने न्यायाधीश अर्जुन कोइराला योग्य भएकाले उच्च अदालतको न्यायाधीशमा बुढुवा गरेको दाबी गरेका छन्।
उनले पुरक प्रश्नमा जवाफ दिँदै कोइराला वरीयताक्रममा पनि माथि रहेका कारण बढुवामा परेको दाबी गरे।
एमाले सांसद शिवमाया तुम्वाहाम्फेले राणालाई सिद्धबाबाको मुद्दामा सफाइ दिएर विवादमा परेका न्यायाधीशलाई किन बढुवा गरियो भनि प्रश्न गरेकी थिइन्।
‘फैसलाको औचित्य माथिल्लो तहबाट निरुपण हुँदै जाने हो,’ उनले भने, ‘अर्जुन कोइराला वरिष्ठ न्यायाधीशको हिसाबले नियुक्त भएका हुन्। न्यायको योगदानको आधारमा उनको बढुवा भएको हो। कुनै पनि न्यायाधीशलाई एउटै मुद्दामा मात्र हेरेर निर्णय गर्न मिल्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।