काठमाडौं– महाभियोग सिफारिस समितिका सांसदहरुले महाभियोगमा जवाफ दिन उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूर्व न्यायाधीश फोरम र पूर्व प्रधानन्यायाधीशलाई मण्डले भनि गरेको टिप्पणीमा प्रश्न सोधेका छन्।
एमाले सांसद कृष्णभक्त पोखरेलले पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह, पवन ओझा र सम्भुबहादुर खड्कामाथि किन मण्डले भनेको भन्दै प्रश्न गरे।
उनीसँगै शिवमाया तुम्वाहाम्फे,यशोदा गुरुङ र लालबाबु पन्डितले पनि प्रश्न गरेका थिए। जवाफमा राणाले पूर्व न्यायाधीश फोरमको कार्यक्रम वरिष्ठ अधिवक्ता शम्भु थापाको खर्चमा भएको आरोप लगाए।
उनले पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा किन शम्भु थापा जानु भएको प्रतिप्रश्न गरेका थिए। उनले पवन ओझालाई मण्डले भनेर वरिष्ठ अधिवक्ता थापाले नै आरोप लगाएको र आफूले त्यसलाई उदृत गरेको दाबी गरे। उनले पूर्व न्यायाधीशलाई सर्वोच्चको बारेमा टिप्पणी गर्ने अधिकार संविधानले नदिने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।