काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो समयमा कोही पनि अयोग्य व्यक्ति नियुक्त नभएको दाबी गरेका छन्।
महाभियोग सिफारिस समितिले सोधेको पुरक प्रश्नमा भाग लिँदै राणाले आफ्नो पालामा भएका जति पनि नियुक्ति योग्य रहेको दाबी गरेका हुन्।
उनले पछिल्लो समय न्याय परिषद्ले योग्यता नपुगेको र न्यायिक विचलनमा परेको भनि गरेको कारबाहीमा आपत्ति प्रकट गरेका छन्।
उनले तत्कालीन समयमा योग्य भएर नियुक्ति गरेको तर त्यसलाई अहिले अयोग्य भनेर हटाउने अधिकार न्याय परिषद्लाई कुनै पनि कानुनले नदिने उनले बताए।
परिषद्ले आफूसँग जोडेर हटाउने कार्य गरेको उनले बताए। परिषद्ले सक्षम व्यक्तिहरुलाई हटाएको दाबी गर्दै राणाले त्यसरी हटाउनु गैरकानुनी भएको उल्लेख गरे।
परिषद्ले रेणुकुमारी शाहदेखि अन्य केही न्यायाधीशलाई हटाएको थियो भने केही न्यायाधीशमाथि कारबाही तथा छानबिन थालेको थियो। बारका पूर्व कोषाध्यक्ष रुद्र शर्मा र जिल्ला अदालत काठमाडौंका न्यायाधीशसँगको घुस डिलमा राणाको नाम पनि जोडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।