काठमाडौं– नेपाली समाजवादी पार्टीका सांसद डा बाबुराम भट्टराईले पछिल्लो पाँच वर्षको संसद्को काम कारबाहीले आफूहरु ठिक ढंगले पास हुन नसकेको बताएका छन्।
चालू संसद्को बिदाइ बैठकमा सम्बोधन गर्दै भट्टराईले उक्त टिप्पणी गरेका हुन्। ‘विगत पाँच वर्षको संसद्लाई हेर्ने हो भने हामी ठिक ढंगले पवास हुन सकेनौं। २५, ३० नम्बर मात्र ल्यायौं,’ भट्टराईले भने।
त्यस्तै, विगत पाँच वर्षमा कछुवा गतिमा कामहरु भएको भट्टराईको टिप्पणी थियो। ‘कछुवाको गतीमा केही काम भए, १९ को २० विकासका काम पनि भए। तर त्यति पर्याप्त हैन,’ भट्टराईले भने,‘१०२ विधेयक पारित गर्यौं तर हाम्रा आवश्यकताका विधेयक पाउन सकेनौं।’
नागरिकता विधेयकमा दलीय, क्षेत्रीय आधारमा काम भइरहेकाले त्यसबाट निस्केर छिट्टो पारित गर्न भट्टराईले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।