काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंसिर ४ गते हेर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौती स्वीकार गरेका छन्।
यसअघि पनि केही सन्देश प्राप्त भइसकेको बताउँदै उनले चुनौती स्वीकार गरेको बताए। उनले भने, ‘प्रतिपक्ष दलका नेताले मंसिर ४ थाहा हुन्छ भन्नुभयो। हुन्छ हेरौंला।’
उनले यसअघि पनि केही सन्देश दिइसकेको उल्लेख गरे। उनले थपे, ‘राष्ट्रिय सभा निर्वाचनले, बारको चुनावले, नेपाल पत्रकार महासंघको निर्वाचनले सन्देश दिएको होइन र? स्थानीय तहको निर्वाचनले सन्देश दिने होइन र?’
आफूले ओलीबाट आत्मसमीक्षाको अपेक्षा गरेको प्रचण्डले बताए। उनले भने, ‘बेकार स्थायित्व र विकासलाई अवरोध गरेछु भन्ने आत्मस्वीकार होला भने अझै उही अहंकार!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।