काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते पछि जनताले देखाउने टिप्पणी गरेका छन्।
उनले अहिलेको गठबन्धन कृतिम अंकगणितबाट बनेको भन्दै अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट त्यो पराजित हुने दाबी गरे।
उनले आगामी निर्वाचनबाट नेकपा एमाले फेरि पनि सत्तामा फर्कने संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्। ओलीले निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने र प्रभावित गर्ने कार्य नगर्न चेतावनी पनि दिएका छन्।
उनले स्थानीय तह निर्वाचनमा सत्ताको व्यापक दुरुपयोग भएको दाबी गर्दै मंसिर ४ गते हुने निर्वाचनमा त्यस्तो हुन नहुने दाबी गरे।
चुनावमा सरकारी दमन चर्को रुपमा भइरहेको ओलीको दाबी गरे। सरकारमा भएपछि जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति अहिले सत्ताधारी दलमा देखिएको ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।