काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नागरिकताको समस्या समाधानका लागि अध्यादेश ल्याउँदा मुद्दा हाल्न लगाएर रोकिएको बताएका छन्।
शनिबार प्रतिनिधि सभाको यस कार्यकालकै अन्तिम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उतिबेला अध्यादेश ल्याउँदा मुद्दा हालेर रोक्न लगाउने तर अहिले प्रोपोगाण्डा मच्चाइएको आरोप लगाए।
उनले अध्यादेश ल्याउने सरकारको अधिकारमासमेत अदालबाट मुद्दा हालेर रोकिएको बताए। ओलीले आफूहरुले जन्मसिद्धका आधारमा नागरिकता दिन संशोधन ल्याउन भन्दा सरकारले नमानेको तर एमालेको कारण नागरिकता नदिएको आरोप लगाइने गरेको बताए।
उनले भने, ‘नागरिकता विधेयकमा ऐन ल्याउनभन्दा नल्याउने अनि प्रोपोगाण्डा गरेर राजनीति गरेको आरोप लगाउने?’, उनले भने। अहिले नागरिकता विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ रोकिएको छ।
पहिलोपटक सन्देशसहित फिर्ता पठाए पनि सरकारले त्यसको बेवास्ता गर्दै जस्ताको तस्तै पारित गरेको थियो। दुई सातादेखि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक रोकेर राखेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।