काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संसद् पुनर्स्थापना भएकै कारण प्रतिपक्षी एमालेसँग काम गर्न पाइएको बताएका छन्। यसरी आएको संसद्ले एमालेलाई पनि न्याय मिलेको देउवाले बताएका हुन्।
प्रतिनिधि सभाको यस कार्यकालको अन्तिम बैठकमा शनिबार बिदाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त धारणा राखेका हुन्।
‘प्रतिपक्षी दलको नेताले परामदेशको सरकार भन्नु हुन्छ। संसद् नै परमादेशबाट आएकोले हामी यहाँ छौं। हामीसँगै काम गर्ने अवसर पाएका छौं। परमादेश नभएको भए सँगै बसेर काम गर्न पाउने थिएनौं,’ देउवाले भने, ‘परमादेशले भेट गर्ने मौका दिएको छ। यहाँहरुलाई पनि न्याय दिएको महसुस गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।