काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा मौसमी कुरा उपयुक्त नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन्।
प्रतिनिधि सभामा प्रतिपक्ष दलको नेताका रुपमा बोल्दै ओलीले प्रतिपक्षको नेता पहिले बोल्न आफैंले गरेको दाबी बिर्सिएको भन्दै कटाक्ष गरेका हुन्।
उनले भने, 'अहिलेका वर्तमान प्रतिपक्ष दलको नेताले पहिले बोल्नुपर्छ भनेर वेल घेर्नुभएको थियो। आन्दोलन नै गर्नु नै भएको थियो। आन्दोलनबाट स्थापित कुरा किन छाड्नुभयो?'
आफूले उक्त कुरा पछ्याउन नचाहेको बताउँदै राजनीतिमा मौसमी कुरा उपयुक्त नहुने बताए।
उनले आफूले यसअघि गरेको प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गरे। उनले प्रतिप्रश्न गरे, 'अहिले फेरि चुनावमा जाँदैछौं। यो प्रतिगमन हो। परमादेशबाट नक्कली सरकार गठन गर्ने कुरा प्रतिगमन हो।'
उनले आवश्यताअनुसार चुनाव नगर्नु प्रतिगमन भएको उनले दाबी गरे।
उनको थप प्रश्न थियो, 'परामादेश जारी गर्नुपर्छ भन्ने संसद बनाएको सरकार हटाउने, प्रधानमन्त्री हटाउने र बनाउने अधिकार अन्यत्र कतैबाट प्रयोग गर्नुपर्छ भन्ने संविधानमा कहाँ छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।