काठमाडौं- महाभियोग सिफारिस समिति सामु दिएको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हस्ताक्षर गरेका छन्। समितिले उनले दिएको जवाफलाई उतारेर उनलाई सुनाउँदै हस्ताक्षर गराएको हो।
शनिबार हस्ताक्षर सकिएपछि राणालाई पुरक प्रश्नहरु सोधिएको र उनले जवाफ पनि दिएको समितिका एकजना सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए।
उनले आजै बस्ने समितिको दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदाबारे छलफल हुने बताए। समितिको बैठक आजै ३ बजेका लागि तय गरिएको छ।
समितिको प्रतिवेदन सदनमा पेस हुने सम्भावना नरहे पनि संसद् सचिवालयमा दर्ता गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।