काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने बताइएको छ। बैठक आज अपराह्न चार बजे बस्ने छ।
बैठकमा आगामी निर्वाचनका लागि तयार हुने समानुपातिक सूचीबारे छलफल हुनेछ। निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक सूची बुझाउन दलहरुलाई समय दिएको छ।
सोही सूचीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको नेकपा एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।