काठमाडौं– गठबन्धनभित्र भइरहेको सिट बाँडफाँटप्रति असन्तुष्ट नेपाली कांग्रेसका शेखर कोइराला पक्षको बैठक बसिरहेको छ। बैठक शनिबार बिहानैदेखि काठमाडौंको एउटा होटलमा चलिरहेको छ।
बैठकमा पार्टीको संस्थापन पक्षले चुनाव तालमेलको नाउमा आफ्नो पक्षलाई नजरअन्दाज गरेको र आफनो पक्षका नेताहरुको अधिकांश क्षेत्र सिट बाँडफाँट गरेर अन्य पार्टीलाई दिएको भन्दै संस्थापन पक्षको आलोचना भएको छ।
संस्थापन इतर पक्षका नेता तथा मन्त्री दिलेन्द्र प्रसाद बडूले जारी छलफलमा संस्थापन पक्षसँग प्रष्ट रुपमा एकचोटी कुरा राख्नुपर्ने, ४० प्रतिशत सिट आफूहरुको समूहलाई दिनुपर्ने लगायतका विषयमा छलफल भइरहेको जानकारी दिए।
गठबन्धनका बीचमा हुने भनिएको सिट बाँडफाँटप्रति नेता कोइराला सुरुदेखि नै असन्तुष्ट रहँदै आएका छन्। आजको छलफलमा शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।