काठमाडौं– महाभियोग सिफारिस समितिमा आफूले दिएको बयानको लिखित कपिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हस्ताक्षर सकेका छन्।
शुक्रबारदेखि सुरु भएको हस्ताक्षर शनिबार बिहान सकेपछि समितिले अब पुरक प्रश्न सोध्ने तयारी गरेको छ। सुरुमा समितिमा राणाले समग्रमा हस्ताक्षर गर्ने भनेका थिए।
तर, एमाले सांसदहरुले सबैमा हस्ताक्षर गराउनुपर्ने कुरा उठाएपछि राणाले हस्ताक्षर गर्न मानेनन्। राणाको इच्छा अनुसार नै नेपाली कागजमा लिखित बयान उतारिएको थियो।
महाभियोग सिफारिस समितिले पुरक प्रश्न गर्दै प्रतिवेदन लेख्ने तयारी गरेको छ। समितिले बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ। संसद्को अन्तिम कार्यकाल आज भएकाले प्रतिनिधि सभामा प्रतिवेदन बुझाउने तयारी समितिले गरेको छ।
राणाविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। सत्ता पक्षका ९८ सांसदले राणाविरुद्ध २१ आरोप लगाउँदै महाभियोग दायर गरेका थिए। प्रतिवेदन लेख्नका लागि समितिले राणाको सम्पत्ति विवरण पनि झिकाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।