काठमाडौं– आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो।
शनिबार मध्यरातदेखि संसद्को ११औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ।
आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको आयु सकिने प्रावधान छ।
मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।