धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुनर्गठन गरेका हुन्।
मुख्यमन्त्री भट्टले प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरेका छन्।
उनीहरुको नियुक्तिको केही समयपछि नै पद तथा गोपनियताको शपथ ग्रहण रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।