फाइल तस्बिर
काठमाडाैं- महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आधा हस्ताक्षर भएको छ।
प्रतिप्रश्नका लागि बस्ने भनिएको समितिको बैठकमा राणाले आफूले बोलेको कुरा सबै अध्ययनपछि मात्र हस्ताक्षर गर्ने अडान राखेपछि समितिले नेपाली कागजमा उतारेर पढेर सुनाउँदै हस्ताक्षर गराएको थियो।
समितिका सचिव लक्ष्मीप्रसाद गौतमले आज आधामात्र हस्ताक्षर भएको र केही करेक्सन समेत आएकाले शनिबार बिहान साढे ८ बजे बस्ने गरी शुक्रबारको बैठक सकिएको बताए।
‘चोलेन्द्र शमशेरको बयान आधाजति उतारेर हस्ताक्षर गराएका छौं’ सचिव गौतमले भने, ‘शनिबार बाँकी बयानमा हस्ताक्षर हुन्छ। अनि समितिले प्रतिवेदन तयार गरेर संसदमा पठाउँछ।’
उनले प्रतिवेदनका विषयमा सोधिएको प्रश्नमा प्रतिवेदनको खाका तयार रहेको शनिबार आढे ८ बजे पुन: बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने उनले बताए। भदौ १५ देखि राणाको बयान छानबिन समितिले सुरु गरेको थियो। सरकारले शनिबार राति १२ बजे देखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
मंसिर ४ गते हुने निर्वाचनका कारण संसद नरहने भएपछि राणाको महाभियोग के हुने अन्योल नै देखिएको छ। हालसम्म छानबिन समितिले काम नै गरिरहेकाले यस विषयमा के गर्ने भन्नेबारे समितिले पनि कुनै निर्णय गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।