काठमाडौं– सरकारले चालू संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार राति १२ बजे देखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले संसद् अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।