काठमाडौं– नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धिमाथि हुन थालेकाे टिप्पणी गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद पाण्डेले यस्तो बताएकी हुन्। ‘संघीय प्रणाली र संविधानले माग गरे अनुसार नेतृत्व, नागरिक र राज्यका निकायको प्रवृत्ति परिवर्तन हुन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धीमाथि हुन थालेको छ,’ पाण्डेले चालु संसद्को कार्यभारलाई उल्लेख गर्दै भनिन्, ‘संविधान अनुसार आवश्यक कानुन र संघीयता कार्यान्वयन गर्नु संसद्को यस कार्यकालकाे मुख्य काम थियो। दुवै काम आंशिक बाँकी छन्।’
यस्तै पाण्डेले सरकारको अनिच्छाका कारण विश्वविद्यालय, समावेशिता लगायतका महत्वपूर्ण प्रस्ताव र प्रश्नहरूमा संसद्मा छलफल हुन नसकेको टिप्पणी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।