काठमाडौं– महाभियोग छानबिन समितिमा नेकपा एमालेले विवाद सुरु गरेको छ। एमालेले यसअघि भदौ १५ गतेदेखि राणाले गरेका बयानहरु लिखित रुपमा तयार गरेर मात्र अघि बढ्नुपर्ने माग अघि सारेको छ।
यसअघिको बैठकमा पनि एमालेका सांसद विष्णु पौडेलले यस्तो प्रस्ताव राखेका थिए। उनले राणामाथि पुरक प्रश्न गर्नुअघि उनलाई लिखित दिएर सही गराउनुपर्ने अनि सांसदहरुलाई पनि वितरण गर्नुपर्ने माग राखेका थिए।
समितिले उक्त बयान रेकर्ड गरेको भए पनि उतारेको छैन। समितिमा यसै अघि बढ्दा व्यवस्थित नहुने एमालेको तर्क छ। राणाले यसअघि ४३ प्रश्नमा जवाफ दिएका थिए।
अब प्रतिप्रश्न गर्ने तयारी गरेको छ। एमालेको प्रस्ताव अनुसार नै उनको बयान तयार गरेर हस्ताक्षर गरेपछि बैठक सुरु गर्ने सहमति समितिमा भएको छ। समितिमा एमालेले बैठक एक घण्टा पछि सार्दै चलाउने प्रस्ताव गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।