काठमाडौं– संघीय संसद् अन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ। बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७९ बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७७/०७८, सर्वोच्च अदालत - २०७७ न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८ को वार्षिक प्रतिवेदनहरु सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।