काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानबिन गर्न गठित महाभियोग सिफारिस समिति बैठक शुक्रबार पनि बस्दैछ।
समितिको बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।
शुक्रबारको बैठकमा समितले निलम्बित प्रधानन्यायाधीश राणासँग पुन: बयान लिने भएको छ।
बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे शुक्रबारको बैठकमा राणासँग सोधपुछ गर्न लागिएको हो। समितिले शुक्रबारै बयानको कामलाई सकाउने तयारी गरेको छ।
बिहीबार वरिष्ठ अधिवक्ता र राणाले नाम लिएका केही कानुन व्यवसायीसँगको छलफलपछि राणालाई बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बताए। राणासँग थप प्रष्ट हुुनपर्ने भएकाले शुक्रबार पुन: बोलाइएको उनले बताए।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।