काठमाडाैं- नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले चोलेन्द्र शमशेर राणासँग आफूहरुले न्यायाधीश माग कहिल्यै पनि नगरेको दाबी गरेका छन्।
बिहीबार महाभियोग सिफारिस समितिमा बयान दिँदै उनीहरुले बारको पदाधिकारी र सर्वाेच्चको नेतृत्वमा रहेका कारण सामूहिक कुराकानी भएको तर एक्लै गएर कसैका लागि न्यायाधीश नमागेको उनीहरुले दाबी गरेका छन्।
उनीहरुले न्यायाधीश मागेको पुष्टि गर्ने प्रमाण पेश गरेमा आफूहरु कानुन व्यवसायको पेशा मै नरहने उनीहरुले दाबी गरेका छन्। बार अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा सय दिनभन्दा लामो आन्दोलन चलेपछि राणाले त्यही रिसमा आफूमाथि आरोप लगाएको उनले दाबी गरे।
पूर्वमहासचिव पौडेलले राणाले नै १५ मुख्य न्यायाधीश बनाउने प्रस्ताव ल्याएको तर आफूहरुले अस्वीकार गरेको बताए। उनले राणासँग कार्यकारी हुने अहमता देखिएको उनी सबै मिलाएर दोस्रो खिलराज रेग्मी हुन चाहनामा अघि बढेको दाबी गरे। उनले आफू महासचिवको उम्मेदवार भएपछि परिषद्मा रहेका फाइल समेत फिर्ता ल्याएको अवस्थामा राणाले मुख्य न्यायाधीश माग गरेको भनी लगाएका आरोपले चरित्र हत्या भएको दाबी गरे।
उनले आफ्ना लागि न्यायाधीश माग गरेको पुष्टि हुने प्रमाण राणाले पेश गरे आफू वकालतमै नरहने उनले टिप्पणी गरे। राणाले बयानका क्रममा महासचिव रहेका पौडेलले मुख्यमन्त्री मागेको तर आफूले बनाउन नमिल्ने भनी फर्काएको कारण आन्दोलन गरेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।