काठमाडाैं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई शुक्रबार बिहान ९ बजे पूरक प्रश्नका लागि फेरि बोलाएको छ।
बिहीबार वरिष्ठ अधिवक्ता र राणाले नाम लिएका केही कानुन व्यवसायीसँगको छलफलपछि राणालाई बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बताए। राणासँग थप प्रष्ट हुुनपर्ने भएकाले शुक्रबार पुन: बोलाइएको उनले बताए।
बिहीबार समितिले सर्वोच्चका न्यायाधीश, पूर्वप्रधानन्यायाधीशलाई पनि बोलाएको थियो। तर सर्वोच्चका न्यायाधीश र पूर्वप्रधानन्यायाधीशले आफूहरु आउन नमिल्ने जवाफ दिएका थिए।
त्यसपछि समितिले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरिहर दाहाल, पूर्णमान शाक्य, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ अधिवक्ताहरु लिलामणि पौडेल, ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो। उनीहरुले बयानका क्रममा राणाले बोलेका अधिकांश कुराहरुको खण्डन गर्दै आफुहरुकाे चरित्र हत्या समेत भएको दावी गरेका थिए।
निलम्बित प्रधानन्यायाधीश राणाले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।