काठमाडाैं- ओमप्रकाश अर्यालले महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि लागेको आरोपमा सफाई दिनेभन्दा अरुको चरित्र हत्या गर्ने काम गरेको दावी गरेका छन्।
महाअभियोग सिफारिस समितिमा लिखित रुपमा प्रतिवाद गर्न पुगेका अधिवक्ता अर्यालले आफू र आफ्नो परिबार(श्रीमती) पुनदेवि मर्हजनको समेत चरित्रमाथि प्रश्न उठाएर नोक्सान पुर्याएको दावी गरेका छन्।
बिहीबार समितिमा पुगेका उनले व्यक्तिगत रूपमा हानी भएकाले कानुनी बाटोमा जानका लागि आफूलाई समितिले मार्ग प्रशस्त गरिदिनुपर्ने तर्क गरे। ‘जबराको यो स्तरको कुचेष्टा हुनु दुर्भाग्यपूर्ण हो। यो नैतिकवान व्यक्तिले व्यक्त गर्नै सक्दैन’ अर्यालले भावुक हुँदै समितिमा भने, ‘यसलाई तत्काल रोक्न पहल नगर्नु, संसदीय मर्यादा नहुनु विडम्बना हो।’
उनले संसदीय समितिमा राणाले एकतर्फी आरोप लगाइरहँदा आफूहरुको अधिकार हनन भएको तर समितिले क्रस गरेर प्रमाण नमागेकोमा दु:ख लागेको बताए। ‘मेरो र श्रीमती पुनदेवी महर्जनको नाममा राणाले दुष्प्रचार गरे। उनलाई उपस्थित गराएर प्रत्यक्ष रूपमा जिरह गर्न दिनुपर्छ ’ उनले भने ‘उहाँले के-कति आधारमा आरोप लगाएको हो‚ उहाँलाई अगाडि राखेर सत्यतथ्य बुझ्नु पाउनुपर्छ।’
राणाले आफ्नो सफाइ पेस गर्नुपर्नेमा अरुको नाममा कुप्रचार गरेको दावी गरे। ‘जबराबाट चरित्र हत्या गर्ने काम भएको छ। संसदीय समितिले गम्भीररूपमा लेओस् ’ उनले भने, ‘महाभियुक्त र बाहिरका मान्छेले दुष्प्रचार गरे कानुनी उपचार लिन बाध्य हुनेछु।’ अर्यालले आफू र आफ्नो श्रीमतीले अहिलेसम्म न्यायाधीशको विषयमा चण्डेश्वर श्रेष्ठसँग कुरा नगरेको तर कसरी राणाले न्यायाधीश मागेको कुरा गरे भन्दै त्यसको प्रमाण पेश गर्न राणालाई चुनौती समेत दिए।
1663256855.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।